19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाढीपहिरोमा परी तीन दिनमा ४९ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २९, २०७४  

कोहलपुर, साउन २९/ बाढीपहिरोमा परी तीन दिनमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन शाखाका अनुसार २९ साउन दिउसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको जानकारी आएको छ । सबैभन्दा बढी सुनसरीमा ८ र रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढी र पहिरोमा परी १७ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सुनसरीमा ५, झापामा ४ तथा पाँचथर र मोरङमा तीन/ती जना रहेका छन् । वेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परी १३ जना घाइते भएका छन् ।

हिमालखबर

प्रकाशित मितिः आइतवार, साउन २९, २०७४     2:15:02 PM  |