20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

बाढीले रोक्यो राप्ती नदीमा पुल निर्माणको काम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

दाङ, ३० असार / देउखुरी स्थित राप्ती नदीमा पानीको सतह वढेपछी पुल निर्माणको काम रोकिएको छ । सिसहनियाँ र सतवरीयाको जहरे घाटमा दुई वटा पक्कि पुल निर्माण भैरहेको हो । नदीमा पानीको सतह वढेपछी केही दिन देखी पुल निर्माणको काम रोकीएको सम्वद्ध पक्षले जनाएका छन् । सिसहनियाँमा पुल निर्माणको काम रोकीएको दश दिन जती भए पनि यो समयमा निर्माणमा प्रयोग गरिएका औजारहरुको मर्मतको काम चलिरहेको छ ।
राप्ती गाउँपालीकावडा नं. ७ देखी गढवा गाउँपालीका वडा नं. २ को महदेवा जोड्न राप्ती नदीमा पक्कि पुल निर्माण भैरहेको हो । नेपालकै दोस्रो लामो पुल यो हुने छ । नदीको उत्तर किनारवाट पिल्लर उठाउने काम भैरहेको छ ।
अहिलेसम्म पाँच वटा पिल्लर उठाईसकिएको छ । १७ वटा पिल्लरमा अडिने छ, यो पुल । यही रफ्तारमा काम हुने हो भने तिन वर्ष भित्र पुल वनीसक्ने अनुमान गरिएको छ । पाँच वर्षे योजना अनुसार पुल निर्माणको काम भैरहेको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले यो पुलको शिलान्यास गरेका हुन । पुल निर्माण गर्न रातदिन श्रमीकहरु काममा खटिएका हुन्छन् ।‘दिनरात गरेर पुल वनाउने काम गरीरहेका छौं, अहीले नदीमा पानी अली वढी भएकाले काम रोकेका छौं, पानी घट्दा वित्तिकै काम सुरु हुन्छ’ निर्माण कम्पनी अनक कन्ट्रक्सन प्रालीका ईञ्जिनियर सुदिप वस्यालले भने ,‘निर्धारित समय भन्दा काम अघि सक्छौं की भन्ने लागेको छ ।’
अनक कन्ट्रक्सनले पुल निर्माण गरिरहेको हो । यही कम्पनीले कोठीयाघाटको नेपालकै लामो पुल निर्माण गरेको हो । अहिले नेपालकै दोस्रो लामो पुलको रुपमा परिचिय राप्ती नदीको पुल निर्माणको काम पनि यही निर्माण कम्पनीवाट भैरहेको हो । राप्ती नदीमा वन्न थालेको यो पुलको लम्वाई ८ सय ६५ मिटर लामो छ । पुल निर्माण कार्यले गती लिएको देखेपछी स्थानीय वासिन्दा पनि हर्षित छन् ।‘दिन रात नभनेर काम भैरहेको छ, हेर्दा हेर्दै पाँच वटा पिल्लर उठीसक्यो’स्थानीय मिना घर्तीले भनिन ,‘कहीले पुल वन्ला र वार पार गुरुला भन्ने लागेको छ ।’ यो पुल वनाउने ८२ करोडको बजेट विनियोजन भएको छ ।
राप्ती नदीकै सतवरीयाको जहरे घाटमा पनि पक्कि पुल निर्माण भैरहेको छ । यहाँ ६ वटा पिल्लरमा पुल अडीने छ । अहीले सम्म एउटा पिल्लर बनिसकेको
छ । दुई वटा पिल्लरको लागी फाउण्डेसन तयार पारिएको निर्माण कम्पनीले वताएको छ । दुई वटा पुल निर्माण गर्न डेढ अर्व बजेट रहेको छ । जहरेमा वन्दै गरेको पुलको लम्वाइ दुई सय ८२ मिटरको छ ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:44:57 PM  |