25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

उपमहानगरलाई दुईवटा ट्याक्टर हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २४, २०७४  

कोहलपुर, २४ असार / नेपालगन्ज उप–महानगरपालिकालाई नयाँ दुई वटा ट्याक्टर प्रदान गरिएको छ । राप्रपा सांसद विकास कोषबाट प्राप्त २ वटा ट्रलीसहितका ट्रयाक्टर राप्रपा बाँकेले उपमहानगरपालिकालाई प्रदान गरेको हो ।
राप्रपा पर्साका समानुपातिक सांसद राजकुमार अग्रवालको निर्वाचन विकास कोषबाट राप्रपा बाँकेलाई प्राप्त रकमबाट फोहर संकलनका लागि १९ लाखका दुई वटा ट्रयाक्टर उप–महानगरपालिकालाई प्रदान गरिएको हो । नेपालगन्ज उप–महानगरपालिकामा राप्रपाका महामन्त्री समेत रहेका डा. धवल शमशेर राणा प्रमुखमा निर्वाचित भई आएपछि ट्रयाक्टर प्रदान गरिएको हो ।
उपमहानगरपालिकामा शुक्रबार आयोजित एक समारोहबीच राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेलले ट्रयाक्टर हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः शनिबार, असार २४, २०७४     12:16:45 PM  |