26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

जनप्रतिनिधीलाई अभिमुखिकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ७, २०७४  

सुर्खेत, ७ असार / प्रदेश नम्बर ६ का स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुका लागि स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि शुरु भएको अभिमुखिकरणमा प्रदेश नम्बर ६ का १० जिल्लाका निर्वाचित जनप्रतिनिधी सहभागी भएका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोग तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सञ्चालित अभिमुखीकरणमा जनप्रतिनीधिहरुलाई स्थानीय तह सञ्चालन तथा सही व्यवस्थापनका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।
प्रशिक्षण तीन दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा प्रदेश ६ का स्थानीय तहमा निर्वाचित नगरप्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷ उपाध्यक्षको सहभागिता छ ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     1:41:29 PM  |