27 September 2021  |   सोमवार, अशोज ११, २०७८

गुलरियालाई नमुना बनाउने प्रतिबद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ७, २०७४  

बर्दिया, ७ असार / बर्दिया सदरमुकामको नगरपालिका भएर पनि अस्तित्व नै संकटमा रहेको गुलरिया नगरपालिकालाई समृद्धशाली र नमुना नगरपालिका बनाउने नगरपालिकाका मेयर पदका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले बबई नदी नियन्त्रण, गुलरियामा मुल भन्सार नाकाको स्थापना एवं संचालन, सामाजिक सदभाव र सुशासन ,भुमिहीन र सुकुम्वासीको उचित व्यवस्थापन र कृषीको व्यवसायीकरणलाई आफ्नो प्रतिबद्धता एवं प्राथमिकतामा पारेका हुन् ।
कृषि, पर्यटन, उद्योगधन्दा, कलकारखाना, प्राविधिक तथा उच्च शिक्षा, स्वास्थोपचारको सहज व्यवस्था गरिने उम्मेदवारहरु बताउँछन् । गुलरिया नगरलाई पाँच बर्षमा गरिब, बेरोजगारमुक्त नेपालकै समृद्धशाली नगर बनाउने आफुहरुको सपना पुरा गराउन मेयर तथा उपमेयरमा निर्वाचित गर्न नगरवासीहरुसंग उनीहरुले अपिल पनि गरेका छन् ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     1:38:35 PM  |