16 October 2021  |   शनिबार, अशोज ३०, २०७८

लामो समयपछि कांग्रेसले तोक्यो उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १, २०७४  

बर्दिया १ असार / लामो समयपछि नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले मधुवन र ठाकुरबाबा नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । यो संगै कांग्रेसको तर्फबाट बर्दियामा उठाइने सबै स्थानीय तहको उम्मेदवारको टुंगो लागेको छ ।
कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको मधुवन र ठाकुरबाबा उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले मंगलबार लगाएको हो । असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले मधुवन नगरपालिकाको नगरपालिकाको मेयरमा महासमिति सदस्य जग्गाप्रसाद पाण्डे र उपमेयरमा तुलसी पुन, ठाकुरबाबा नगरपालिकाको प्रमुखमा जिल्ला सचिव मक्कुराम थारु र उपमेयरमा सांस्कृतिक संघकी लिला भाटलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाँसगढी नगरपालिकाको मेयरमा गङ्गाधर पौडेल र उपमेयरमा रत्ना चौधरी, गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सुशीला गिरी, बारबर्दिया नगरापालिकाको मेयरमा पर्शुराम थारु र उपमेयरमा कोपिला गिरी, राजापुर नगरपालिकाको मेयरमा दिपकजङ्ग शाह र उपमेयरमा तारा चौधरीलाई उम्मेदवार बनाउने ,बढैया ताल गांउ को अध्यक्षमा मान बहादुर बुढा र उपाध्यक्षमा भग्गनदैया थारु, गेरुवा गाउँपालिका अध्यक्षमा जमानसिह के.सी.र उपाध्यक्षमा हेमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय क्षेत्र र जिल्लामै सर्वसम्मत रुपले टुग्याइएको थियो ।

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     3:51:21 PM  |