16 June 2021  |   बुधबार, असार २, २०७८

शान्ति स्मारक पार्कको शिलन्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४  

कोहलपुर, २९ जेष्ठ / बर्दियामा द्वन्द्वपीडित र बेपत्ताहरुको सम्झनामा शान्ति स्मारक पार्क बनाइने भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कोटही मन्दिर परिसरमा निर्माण गर्न लागिएको पार्कको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले शिलन्यास गरेका छन् ।
क्रमागत योजना अन्तर्गत यस बर्ष पार्क निर्माणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ३ लाख ५० हजार र हरप्लेसबाट १ लाख ७५ हजार गरि जम्मा ५ लाख २५ हजार रुपैंया प्राप्त भएको स्थानीय शान्ति समितिका सदस्य सचिव उमेश यादवले बताए ।
कार्यक्रममा पत्रकार महासंघका प्रदेश सभासद् एवं प्रेस क्लबका अध्यक्ष यम घिमिरे, महासंघका कोषाध्यक्ष दिपक शर्मा माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मी शर्मा, राजपाका केन्द्रिय सदस्य केशव यादव लगायतको उपस्थिति थियो ।
१० बर्षे सशस्त्र आन्दोलनका क्रममा बर्दियामा २ सय ७३जना बेपत्ता भएको र ३सय ३९जना मारिएको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     1:21:33 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *