बाँसगढी, २५ जेष्ठ / बाँसगढी ८ ककौरास्थित त्रिभुवन सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मोटिभेसन तथा करिअर गाईडनेस कार्यक्रम मंगलबार गरिएको छ । त्रिभुवन सामुदायिक पुस्तकालय युवा नेतृत्व उपसमितिको आयोजना तथा रेष्टलेस डेभ्लपमेन्ट नेपालको सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रेष्टलेसका कार्यक्रम अधिकृत बिशाल कुमार गुप्ता र प्रशिक्षक सागर कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा ९० बढीको सहभागिता
थियो ।
युवाहरुको व्यबहारमा सकारात्मक परिवर्तनसँगै नेतृत्व विकास र क्षमता अभिबृद्धिमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको गरिएको पुस्तकालय युवा नेतृत्व उपसमितिका संयोजक सागर पौडेलले जानकारी दिए ।
कार्यक्रममा पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष नविन अधिकारी, बाँसगढी पुस्तकालय युवा नेतृत्व उपसमिति संयोजक एक नारायण अधिकारी लगायतले धारणा राखेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४