17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

संरक्षणकर्मीलाई हरेक महिना पुरस्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४  

कोहलपुर, २४ जेष्ठ  / बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालले संरक्षण पुरस्कारको शुरुवात गरेको छ ।
जैविक विविधता संरक्षणमा सक्रिय सहभागिता भई योगदान पु¥याउने ब्यक्तीहरु मध्य छनौट गरी प्रत्येक महिनामा एक जना संरक्षणकर्मी युवालाई पुरस्कार दिने ब्यवस्था गरिएको सञ्जालले जनाएको छ ।
पुरस्कार फागुन महिनाबाट शुरुवात भएको हो । बाँके राष्ट्रिय निकुञ्जको पहल तथा जियोलोजिकल सोसाईटी अफ लण्डन (जेड एस एल नेपाल)को आर्थिक सहयोगमा पुरस्कार शुरुवात गरिएको हो । संरक्षण पुरस्कारले समुदायका युवाहरुलाई जैविक विविधता संरक्षणमा सहभागि हुन थप हौसला प्रदान गर्ने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
फागुन महिनामा टिका खत्री र चैत्र महिनामा शान्ति चौधरीले पुरस्कार पाएकी छन् भने बैशाख महिनामा संरक्षण क्षेत्रमा उत्कृष्ट काम गर्ने युवाको छनौट गरि पुरस्कार प्रदान गर्ने तयारी भइरहेको सञ्जालका कोषाध्यक्ष तारा केसीले बताए । मध्यवर्ती क्षेत्रका स्थानीय समुदायमा संरक्षण सोचको विकास गरी वन र बन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरणका साथै संरक्षण सहभागिताका लागि संरक्षण पुरस्कार प्रभावकारी रहेको सञ्जालका सचिव शान्ति चौधरीले बताइन् ।
सञ्जालले संरक्षण पुरस्कारका साथै संरक्षण सडक नाटक, मध्यवर्ती क्षेत्रका सामुदायिक विद्यालयहरुमा संरक्षण शिक्षा लगाएत निकुञ्जका सुरक्षार्थ सेना, निकुञ्ज प्रशासनसँगको सहकार्य एवं समन्वयमा संरक्षण गतिबिधि गर्ने गरेको सञ्जाल सदस्य शारदा खुनाले बताइन् ।
मध्यवर्ती क्षेत्रमा समुदायमा ९ वटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपमितिको छाता संगठनको रुपमा रहेको सञ्जालमा ५ सय बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ । चोरी शिकार नियन्त्रणमा सहभागी हुँदा नेतृत्व विकास, शिपमुलक तालिम, हरित उद्यमको विकास गर्न उत्प्रेरणा मिल्ने गरेको संरक्षण क्षेत्रमा क्रियाशिल युवा दिनेश केसीले बताए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरुलाई संरक्षणमा सक्रिय सहभागिता गराउन संरक्षण पुरस्कार ब्यवस्थापनमा सहयोग गरिएको जियोलोजिकल सोसाईटी अफ लण्डन बाँके बर्दिया कम्प्लेक्सका फिल्ड अधिकृत पवन गौतमले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     12:26:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *