17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

जनमत रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४  

कोहलपुर, २१ जेष्ठ   /  नेपालगन्जबाट प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो । उक्त त्रैमासिक रक्तदान कार्यक्रममा सञ्चारकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतका स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
“जनमत” अद्र्धसाप्ताहिक ३६ औं वर्ष प्रवेशको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ७ जना महिला सहित ५३ जनाले रक्तदान गरेका हुन् ।
आफ्नो पत्रिकाको रजत वर्ष प्रवेशको अवसरमा मानवकल्याणकारी काम पनि गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम पछि रगतको अभावमा छट्पटिएका विरामी र आफन्तहरुको बढ्दो मागलाई मधयनजर गरेर यो कार्यक्रमलाई त्रैमासिक रुपमा निरन्तरता दिने निर्णय गरिएको जनमतका सम्पादक पूर्णलाल चुकेले जानकारी दिए । उक्त कार्यक्रमलाई निरन्तरता दिंदै हालसम्म करीब ६ सय भन्दा बढीले रक्तदान गरिसकेका छन् सम्पादक चुकेले बताए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     2:18:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *