19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्रीमा देउवाको उम्मेदवारी दर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

२० जेष्ठ / नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभापति देउवाको प्रस्तावकमा कामचलाउ प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । यस्तै समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा संयुक्तका नेता जयदेव जोशी छन् ।

संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

मनोनयन अघि बसेको कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री दाहालले यही जेठ १० गते राजीनामा दिएका थिए ।

– himalkhabar

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     1:08:59 PM  |