8 March 2021  |   सोमवार, फाल्गुन २४, २०७७

बर्षामा यात्रुले सास्ती पाउने निश्चित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

दाङ २० जेष्ठ /दाङका खोलाहरुमा पुल निर्माण भैरहदा सडक भताभुंग हँुदा यसबर्षको बर्षायाममा यात्रुहरुले सास्ती पाउने देखिएको छ । लमही घोराही तुलसीपुर
सडक खण्डका ५ स्थानमा पुल बन्न लागेका स्थलको सडक भताभुंग हुँदा बर्षायाममा जोखिमपूर्ण बनेको हो । बबईखोला, कटुवाखोला, गुज्रेखोला, पत्रेखोला र संक्रमखोलामा भैरहेको पुल निर्माणले सो क्षेत्रको सडक भतागुंगको अबस्था रहेको छ । अहिले पनि पुल निर्माण स्थलमा सास्ती खेप्दै आएका सवारीका साधन र यात्रुहरुले बर्षायाममा थप जोखिम मोल्नुपर्ने देखिएको छ ।यसैबिच दाङ जिल्ला उद्योग बाणिज्य संघले पुल निर्माण स्थलमा सुरक्षित डाईभर्सन निर्माणमा सडक डिभिजन कार्यालयको ध्यानआकर्षण गराएको छ । बर्षायाममा बाढीका कारण सास्ती हुने निश्चित देखिएपछि संघले सडक कार्यालयको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष हेमराज बन्जाडे, केन्द्रिय सदस्य ध्रुबराज श्रेष्ठ सहित पदाधिकार र पत्रकारहरु सहितको टोलीले निर्माणाधीन पुल र बर्षायाममा आउन सक्ने जोखिमका बारेमा अध्ययन अबलोकन गरेको छ । निरिक्षण पछि टोलीले सडक जिडिजन कार्यालयका प्रमुख सिरबहादुर घिमिरेलाई भेटगरी पुल बन्न लागेका स्थलमा सुरक्षित डाईभर्सनको व्यवस्था गर्न आग्रह गरेको छ । भेटमा कार्यालय प्रमुख घिमिरेले पुल निर्माणको अबस्था र बर्षायाममा आउने जोखिमबाट बच्नका लागि अपनाईने सुरक्षा सतर्कताका बिषयमा आफुहरु जिम्मेवार भएको बताए ।
(तुल्सीपुरअनलाइन)

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     11:47:55 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *