16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुरमा नमुना मतदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

कोहलपुर, २० जेष्ठ /  कोहलपुरमा शुक्रबार नमुना मतदान गरिएको छ । नमुना मतदानमा खसेका ७३ मत मध्ये सबै सदर भएका छन् । क्षेत्रिय निर्वाचन कार्यालय बाँकेले कोहलपुरमा नमुना मतदान गराएको हो ।
असार १४ गतेलाई तोकिएको दोश्रो चरण अन्तरगको स्थानीय तहको निर्वाचनमा मत बदर संख्या न्यूनिकरण गर्नका लागि नमुना मतदान गराइएको कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनमा सोचे भन्दा बढी नै मत बदर भएपछि त्यसलाई
न्युनिकरण गर्न चुनौती थपिएको छ ।
मतदाता शिक्षा प्रभावकारी नभैरहेको गुनासो आइरहेका बेला बाँकेमा पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउन अभियान थालिएको छ ।
सोही अनुसार शुक्रबार राजनैतिक दल तथा सरोकारवालासँग निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको थियो । मत बदर हुन नदिन राजनैतिक दलका प्रतिनिधिहरुले घरदैलो अभियानकै क्रममा मतदाता शिक्षाका विषयमा जानकारी दिनुपर्ने कार्यक्रमका सहभागीले बताए । कार्यक्रममा विभिन्न राजनैतिक दलहरुले आफूहरुले घरदैलोका क्रममा मतदाता शिक्षालाई पनि अगाडि बढाइरहेको बताए ।
साथै निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा क्षेत्रिय निर्वाचन कार्यालय निर्वाचन अधिकृत बसन्तराज अधिकारीले मतदान गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     11:42:22 AM  |