23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

रमजानमा खाद्य सामग्री वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४  

कोहलपुर, १४ जेष्ठ  / मुस्लिम समुदायको महान पर्व रमजानको अवसरमा शनिबार नेपालगन्जमा खाद्य सामग्री वितरण गरिएको छ । मुस्लिम समुदायले १ महिना मनाउने रोजा (रमजान) पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन उक्त खाद्य सामग्री वितरण गरेको हो ।
इस्लामी संघ नेपालको आयोजना तथा आइ एच एच टुर्कीको सहयोगमा नेपालगन्जका ५ सय मुस्लिम समुदायका परिवारलाई रमजान मनाउन विभिन्न खाले खाद्य सामाग्री वितरण गरिएको हो । एक महिना बस्ने व्रतलाई मुस्लिम समुदायका गरिव, दुखि, असक्त, अपाङग परिवारलाई २५ किलो चामल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी वितरण गरिएको छ ।
मुस्लिम समुदायको रमजान आज आइतबारदेखि सुरु हुने भएकोले शुभारम्भको दिन ३ सय जनालाई भोज खुवाएर शुभारम्भ गरिने इस्लामी संघ नेपालका भेरी अञ्चल अध्यक्ष ओवैद रहमान खानले बताए । रमजानमा ब्रत बस्ने र रमजानको दिन वर्त बसेका परिवारलाई खाना लाउन समस्या नहोस भन्नको लागि खाद्य सामाग्री वितरण गरिएको मुस्लिम सामाजिक अगुवा बताउँछन् ।
आइ एच एच टुर्कीले विगत लामो समयदेखि मुस्लिम समुदायका गरिवदुखी परिवारलाई हरेक बर्ष सहयोग गर्दै आएको
छ । खाद्य सामाग्री वितरण कार्यक्रममा टुर्कीबाट ७ जना पदाधिकारी र इस्लामी संघका पदाधिकारीहरुको रोहवरमा वितरण गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     12:01:46 PM  |