बाँसगढी, १३ जेष्ठ / बाँसगढी नगरपालिकालाई शुक्रबार पूर्ण खोपयुक्त नगरको रुपमा घोषणा गरिएको छ । “पूर्ण खोप, सुरक्षित भविष्य, स्वास्थ्य र स्वामित्व, सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित शुक्रबार पूर्ण खोप युक्त नगर घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा स्थानीय विकास अधिकारी तेजराज शर्माले खोप समन्वय समिति बाँसगढीका संयोजक तथा नगरपालिकाका कार्यकारी अधिकृत कमल प्रसाद पौडेललाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका प्रमुख सुरेश कुमार रेग्मीले बेलवा, डेउढाकला र मोतिपुर स्वास्थ्य चौकीको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार दलित बालबालिका १ सय ६७, जनजाति बालबालिका ४ सय ६४, मधेसी बालबालिका १५, मुस्लीम क्षेत्रका बालबालिका १६, ब्राह्मण क्षेत्री समुदायका बालबालिका ३ सय १५ र सन्यासी, ठकुरी लगायतका बालबालिका ६१ गरी जम्मा १ हजार ३८ जना बालबालिकाल पूर्ण खोप पाएका छन् ।
युएस ए आईडी अमेरेकी सहयोग, सुआहारा, सबैको फलोस फुलोस, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको सहयोग तथा खोप समन्वय समिति बाँसगढीको आयोजनामा कार्यक्रम भएको हो ।
खोप समन्वय समिति बाँसगढीका संयोजक तथा बाँसगढी नगरपालिकाका कार्यकारी प्रमुख कमल प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला खोप समन्वय समिति बर्दियाका संयोजक तथा स्थानीय विकास अधिकारी तेजराज शर्मा, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारी, स्वास्थ्य सेवा बिभाग बाल स्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरे, खोप अधिकृत सुर्यबहादुर खड्का, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख मेहन्द्रजंग शाही, बारबर्दिया नगरपाकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद बास्तोला, बह्रैयाताल गाँउपालीकाका कार्यकारी अधिकृत बन्धना कर्ण, सुआहारा कार्यक्रम बर्दियाका जिल्ला संयोजक सुरज अर्याल लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बड्घर, स्वास्थ्य स्वंयमसेवीका, युवा बालबालिका, महिला, अपांग, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिशेष अथिति जनस्वास्थ्य अधिकृत र खोप अधिकृतलाई मायाको चिनो र स्वास्थ्य स्वंयमसेबिकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी शेरबहादुर केसीले गरेका थिए ।
प्रकाशित मिति : २०७४ जेठ १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्