18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

फोटो फेस्टिवल हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४  

कोहलपुर, १२ जेष्ठ /  नेपालगंज फोटो फेस्टिवल आगामी असारको तेस्रो साता नेपालगंजमा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने फेस्टिवलका लागि फोटो आह्वान गरिएको छ ।
गत असार देखि हालसम्म खिचिएका फोटोहरु फेस्टिवलमा पठाउन सकिने आयोजकले जनाएको छ । फेस्टिवलमा ५ वटा विधामा उत्कृष्ट फोटोहरु पुरस्कृत हुनेछन् । सर्वोत्कृष्ट फोटोले वर्ष फोटो पुरस्कार पाउनेछ । फेस्टिवलमा खेलकुद, वन्यजन्तु तथा प्रकृति, पर्यटन तथा संस्कृति, समाचार फोटो, दैनिक जीवन विधा रहेका छन् ।
फेस्टिवलमा मध्य तथा सुदूरपश्चिम र (हालको प्रदेश नं ५,६ र ७ मा खिचिएका तस्वीरहरु कुनैपनि नेपाली नागरिकले पठाउने आयोजकले जनाएको छ ।
नेपाली फोटो पत्रकारहरुको संस्था फोटो पत्रकार क्लव (पिजे क्लव) ले पनि फेस्टिवलमा सहकार्य गर्नेछ । वरिष्ठ फोटो पत्रकार सहितको छनौट टिमले छनौट गरेका १ सय ११ वटा फोटो प्रदर्शनीमा राखिनेछ । प्रदर्शनी २ दिन सम्म चल्नेछ ।
यसैवर्ष देखि विद्यार्थीहरुले मोवाइल फोन वाट खिचेका फोटोहरुको छुट्टै प्रतिस्पर्धा गराइनेछ । जसमा बाँकेका १० वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । उत्कृष्ट ३ लाई पुस्कृत गरिनेछ ।
फेस्टिवलको अवसरमा फोटोग्राफी सम्वन्धि कार्यशाला र तालिम समेत संचालन हुने आयोजकको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४     12:35:13 PM  |