16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

डायरी’ गीतमा छुल्ठिम र सनीको रोमान्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

०७४ वैशाख २७ / नायिका छुल्ठिम गुरुङ र नव-नायक सनी सिंहको रोमान्सले भरिएको चलचित्र ‘डायरी’मा समावेश ‘कस्तो हो यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
यो चलचित्रमा नायिका रेखा थापा खलपात्रको भूमिकामा छिन् । अनिल योञ्जनले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा स्वप्निल शर्मा, इमान विक्रम शाह, निखिल विश्वास र मानस राजको संगीत छ । चलचित्रमा सुगम पोखरेल, रजिना रिमाल, स्वप्निल शर्मा, रेश्मा पुन, अल्मोडा राना उप्रेतीको स्वर छ । चलचित्रमा गम्भिर बिष्ट, प्रविण तामाङ र शिशिर खत्रीको कोरियोग्राफी छ । राजकुमार उप्रेतीको एक्सन, छेतन गुरुङको कथा रहेको चलचित्रमा अनिल योञ्जन र छुल्ठिम गुरुङको लगानी छ । यो गीतको भिडियोलाई उत्कृष्ट बनाउन मिहिनेत गरिएको छ । जेठ ५ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।  अनलाइनखबर

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:36:00 PM  |