17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

आमीरले जिवनभर बनाएको रेकर्ड ६ दिनमै तोड्यो ‘बाहुबली २’ ले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

रिलिज अगावै एक सय कराडको व्यापार गरेको फिल्म ‘बाहुबली २’ ले छ दिनमा सबै हिन्दी फिल्मको किर्तिमानलाई तोडेको छ ।फिल्म रिलिजको ६ दिनमा मात्र निर्देशक राजामौलीको फिल्मले विश्वव्यापी रुपमा आठ सय करोड भारु कमाइसकेको छ । भारतको बक्सअफिसको रिपोर्टअनुसार आमीर खान अभिनित फिल्म ‘पिके’ ले विश्वव्यापी रुपमा गरेको कूल कमाई ७ सय ४३ करोड भन्दा ५७ करोडले बढि हो । गत डिसेम्बरमा सार्वजनिक भएको आमिर खान अभिनित फिल्म ‘दंगल’ले विश्वव्यापी रुपमा ७ सय १८ करोडको व्यापार गरेको थियो ।रिलिजको पहिलो Bahubaliदिन एक सय भन्दा बढि कमाइ गरेको फिल्म ‘बाहुबली २’ लाई यसपाली ४ वटा भाषामा डबिङ गरिएको थियो । जसबाट सबभन्दा बढि व्यापार हिन्दी संस्करणमा गरिएको बताइएको छ । ‘बाहुबली २’ भारतमा मात्र ६ सय करोडको व्यापार गर्ने पहिलो चलचित्र बन्न पुगेको छ ।   रासस
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:32:04 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *