ठकुरी पत्रकारले मनाए स्थापना दिवस



कोहलपुर, २६ बैशाख  / ठकुरी पत्रकार समाज नेपालले आफ्नो प्रथम स्थापना दिवस मनाइएको छ । समाजले नेपालगन्जमा सोमबार एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएकोहो ।
दिवसको अवसरमा समाजले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै ५ जना विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको थियो ।
सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट डाक्टर उषा शाह, पत्रकार जयनारायण शाह, अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेशविक्रम शाह, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र बहादुर हमाल र समाजसेवी तेजविक्रम शाह रहेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले ठकुरी पत्रकार समाजले अझै विभिन्न रचनात्मक कामहरु गर्दै जानुपर्ने बताएका थिए । अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेशविक्रम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु लगायतको सहभागिता रहेको थियो ।
ठकुरी पत्रकार समाज नेपालकी अध्यक्ष करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २६ गते मंगलबार