साईबाई हबकोे उद्घाटन



कोहलपुर, २२ बैशाख /  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालगञ्जमा सोसल इनोभेसन एण्ड विजनेस इकयुवेसन हब
(साईबाई हब) कोे उद्घाटन गरेका छन् । हिमालयन क्लाईमेट इनिसिएटिभले शाखा कार्यालयको रुपमा रुपमा नेपालगञ्जमा साईबाई हबको विस्तार गरेको हो ।
उद्घाटन गर्दै राष्ट्रिय स्वयंसेवा नेपालका सद्भावना दुत समेत रहेका खड्काले सन् २०३० सम्ममा मुलुकभर एकलाख भन्दा बढी युवा स्वयंसेवकहरुको सञ्जाल निर्माण गरी समाजिक सद्भाव फैलाउने काममा सक्रिय रुपमा लागि पर्ने बताएका छन् । उनले आफु सक्षम बन्नका लागि आफैले राम्रो वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।
साईबाई हबको समुद्घाटनका क्रममा ५० जना विद्यार्थीहरुलाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको थियो । जसमध्ये २५ जना मुक्त कम्लरीहरुलाई प्रदान गरिएको थियो भने अन्य मुस्लीम समुदाय लगायतका बालबालिकालाई समेत प्रदान गरिएको थियो ।
छात्रवृत्ति हस्तान्तरण गर्दै बैकर्स संघका अध्यक्ष अनिल शाहले आफ्नो तर्फबाट २० जना बालबालिकालाई सद्भाव छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा स्थानीय सरकारी अधिकारीहरु, युवाका क्षेत्रमा काम गर्ने स्थानीय संघसंस्थाका प्रतिनिधिहरु तथा स्थानीय युवा एवम् उद्यमीहरुको उपस्थिति थियो ।
विगत ६ बर्षदेखि विभिन्न उद्यममुलक दिगो सामाजिक कामहरु सञ्चालन गर्दैै आएको यस संस्थाले पश्चिम नेपालका विभिन्न क्षेत्रमा काम गर्न शाखा विस्तार गरेको जनाएको छ ।
युवाहरुले आफ्नो दैनिक जिवनमा आईपर्ने समस्याहरुलाई उद्यमशिलताबाट समाधान गर्न विभिन्न वैकल्पिक योजनाहरु तयार गर्ने हबको रुपमा साईबाई हब रहेको एचसिआईका पश्चिम नेपाल शाखाका प्रमुख अवध शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २२ गते शुक्रबार