कोहलपुर, २१ बैशाख / विश्व प्रेस स्वतन्त्रता दिवस बुधबार नेपाल पत्रकार महासंघ बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ । महासंघले प्रेस स्वतन्त्रता उल्ङ्घनका घटना तथा सञ्चारकर्मिको सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।
कार्यक्रममा लोकतान्त्रिक देशमा पनि प्रेस स्वतन्त्रामाथि हनन्का घट्ना बढ्नु दुःखद भएको सहभागी पत्रकारहरुले बताएका छन् ।
नेपाल पत्रकर महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैरेले प्रेस स्वतन्त्रका घटनामा कमी हुनुको साटो वृद्धी हुँदै गइरहेकाले पत्रकारहरु पनि स्वयम् आफ्नो सुरक्षालाई ध्यानमा राखि पत्रकारिता गर्नुपर्ने बताए ।
प्रेस स्वतन्त्रता हनन्का घटनामा पत्रकारहरुको कमी कमजोरी भए तापनि यो वा त्यो बहानामा भन्दा पनि घटनाहरु निन्दनिय भएकोले यसलाई सबै पत्रकारहरु मिलेर विरोध गर्नुपर्ने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय जनक नेपालले बताए ।
पत्रकारहरुले देशमा आमुल परिवर्तन गर्नका लागि भूमिका यसलाइ सवैले स्विकार गरी पे्रस स्वतन्त्रताको पक्षमा वकालत गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु, पत्रकारहरुले पनि आफ्ना विचार राखेका थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बाँके जिल्लामा भएका पत्रकार माथिका दुव्र्यवहार, प्रेस स्वतन्त्रता हनन्को प्रतिवेदन पेश गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४