25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मृगौला पीडितलाई आर्थिक समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४  

कोहलपुर, २० बैशाख / दुवै मृगौला बिग्रिएपछि थला परेका राप्तीसोनारी ७ फत्तेपुरका ३५ बर्षीय लक्ष्यराम रैदासलाई उपचार समस्या भएको छ । एकसतादेखि भेरीअञ्चल अस्पतालमा उपचार गराईरहेका रैदासथाई थप उपचारका लागि आर्थिक समस्या भएको हो ।
१२ बर्षअघि उपचारको क्रममा एउँटा मृगौला बिग्रिएपछि नियमित उपचार गराउँदै आएका उनको भर्खरै मात्र अर्को पनि मृगौला बिग्रिएको हो । दुवै मृगौला काम नलाग्ने भएपछि उनी पत्नि र आमाको साहारामा अस्पतालमा उपचार गराईरहेका छन् । हिडडुल र उभिनसम्म नसक्ने उनले तीन महिनादेखि बिस्तरामा थला परेका हुन् । उपचार गर्दा गर्दै भएको तीन विगाह जग्गा समेत विक्रि गरियो, रैदासले भने, अहिले उपचारका लागि सुको पैसा छैन । अहिलेसम्म उपचारका लागि छ लाख रुपैँया खर्चभएपनि थप उपचारका लागि पैसा नभएको उनी बताउँछन् । भेरीअञ्चल अस्पतालमा भर्ना भएका उनलाई गाउँलेले चन्दा उठाएर नेपालगन्जमा पठाएका थिए । चन्दा लिएको पैसा पनि सकियो, पत्नि सुनिता रैदासले भने, बाँकी र्औषधी उपचार कसरी गर्ने । भएको खेतबारी सकिएकोले अवको उपचार गर्न पैसा नभएको उनले भनिन् । १२ बर्षअघि पत्थरी समस्याबाट ग्रस्त उनी पत्थरीकै कारण एउँटा मृगौला फेल भएको थियो । तीन बर्षअघि काठमाण्डौ टिचिङ् अस्पतालबाट पत्थरी सफा गरेका रैदास तीन बर्षको अवधिमा दुवै मृगौला फेल भएका हुन् । रैदासका चार छोरा छन् । भेरीअस्पतालमा उपचार प्रक्रिया निशूल्क रहेपनि नियमित औषधी र स्वास्थ्य परीक्षणको पैसा तिर्ने रकम समस्या भएको छ । पारिवारीक श्रोतले उपचारका लागि आर्थिक सहायताको याचना गरेका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४     2:15:00 PM  |