29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

अभिमुखीकरण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४  

कोहलपुर, २० बैशाख /  मध्यवर्ती क्षेत्रका समुदायलाई संरक्षणमा क्रियाशिल गराउन संरक्षण अभिमुखी करण कार्यक्रम गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत तराई भूपरिधि कार्यक्रमको सहयोगमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमितिका युवाहरुलाई ३ दिने अभिमुखीकरण गरिएको छ ।
आइतबारबाट शुरु भएको कार्यक्रम मंगलवार सम्पन्न भएको हो । निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ, बाँके, सल्यानका युवाहरुको सहभागिता रहेको थियो ।
३५ जनाको सहभागिता रहेको अभिमुखी करण तालिममा बाँके राष्ट्रिय निकुञ्जको बारेमा जानकारी, मध्यवर्ती ऐन कानून तथा संरक्षणमा युवाहरुको सहभागिताको फाइदाका बारेमा जानकारी गराइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुन, सहायक संरक्षण अधिकृत लाल बहादुर भण्डारी, संरक्षण कर्मी जनार्दन योगी, तराई भुपरिधिका द्धय वेद हरी दाहाल, कृपाल चौधरी लगाएतले सहजिकरण गरेका थिए ।
त्यसैगरी मध्यवर्ती सामुदायिक क्षेत्रका अध्यक्ष र वन हेरालु बीच अभिमुखीकरण गरिएको छ । ४० जनाको सहभागितामा भएको कार्यक्रममा निकुञ्ज स्थापना सँगै मध्यवर्ती वनहरुको संरक्षणमा स्थानीय समुदाय क्रियाशिल रहेको र मध्यवर्ती वनहरुको हैसियत सुध्रिएको सहभागिहरुले बताएका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४     1:47:16 PM  |