कोहलपुर, १९ बैशाख / नेपालगंज भन्सार कार्यालयबाटै मोटरसाईकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज १९ का बाबुराम वर्मा र धर्मराज कुर्मि रहेका छन् ।
उनीहरुले भन्सार कार्यालयका नासु राजिव पोखरेलको भे ४ प ८९६० नम्बरको मोटरसाइकल भन्सार कार्यालयबाटै चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरु डुडुवा गाउँपालिका १ कालाबन्जारबाट मोटरसाइकल सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालगन्जको पुष्पलालचोकबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपालगंज २ पुष्पलालचोकबाट ३ जना युवालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट २ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइृ छ ।
प्रकाशित मिति : २०७४ वैशाख १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्