20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

दाङका सिनेमा हल किन सुनसान ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४  

दाङ्ग, १८ बैशाख / कुनै जमाना थियो दाङ सहित देशैभरमा रहेका सिनेमा हलहरुमा दर्शकहरुको उपस्थिती बाक्लो हुने । नेपाली फिल्महरु ५१ औँ दिन सम्म सञ्चालनमा आउँथे त्यसलाई फिल्मनिर्माता तथा कलाकारहरुले आफुहरुको सफलता समेत ठान्दथे , के राजेश हमाल के भुवन केसी के करिस्मा मानन्धर के जल शाह । दर्शकहरु हरेक कलाकारलाई साथ दिने गर्दथे जसको प्रत्यक्ष फाईदा सिनेमा हल सञ्चालक देखि निर्माता , कलाकार लाई हुने गर्दथ्यो ।
तर आजभोलि त्यो अबस्था रहेको छैन दाङमा मात्र दर्जनको हाराहारीमा सञ्चालनमा आएका कतिपय सिनेमा हल बन्द भएका छन् । सञ्चालकहरुका अनुसार अबस्था यस्तै रहे केहि बर्ष भित्रमा धेरै सिनेमा हलहरु बन्द हुने अबस्थामा पुगेका छन् । हाल दाङमा ७ वटा मात्र सिनेमा हल सञ्चालनमा आएका छन जसअनुसार तुलसीपुरमा बिस्णु चलचित्र मन्दिर र ॐ शान्ति सिनेमा हल ,घोराहीमा गणेश चित्रालय,स्वर्गद्धारी चलचित्र मन्दिर, निमा चलचित्र मन्दिर रहेका छन् भालुबाङमा भोले चलचित्र मन्दिर ,त्यस्तै लमहीमा सत्य साहि चलचित्र मन्दिर सञ्चालनमा रहेका छन् भने नारायणपुरमा रहेको महालक्ष्मी चलचित्र मन्दिर यस अघिनै बन्द भईसकेको छ ।
दाङका बिभिन्न सिनेमा हल सञ्चालक सँग यो बिषयमा कुरा गर्दा उनिहरुले भने आफुहरु जहिले पनि दर्शकहरुको मन जित्न हरेक प्रयत्न गरिरहेको बताएका छन् उनिहरुले भने हाम्रो मात्र प्रयत्नले नपुग्दो रहेछ त्यसको लागी यो क्षेत्रमा ठुलै परीबर्तन आबस्यक छ उनीहरुले भने । उनिहरुको भनाई छ हरेक सिनेमा हलको अबस्था निकै नाजुक छ आर्थीक अबस्था कमजोर बन्दै छ सिनेमाहलहरु भने जस्तो चल्न सकेका छैनन् अबस्था निकै कमजोर छ सिनेमा हल सञ्चालकहरुको भनाई छ ।
पछिल्लो समय नेपाली सिनेमाको गुणस्तर कमजोर बन्दै गएको छ भएका सिनेमा हलहरुको समेत गुणस्तर छैन हलहरु प्रबिधी संग जोडीन सकेका छैनन । नेपालमा बक्स अफिस लागु भएको पाईदैन त्यसैले पनि नेपाली चलचित्र छायाँमा परेका छन् ।
नेपालमा बन्ने कतिपय सिनेमाहरु कलिउड र बलिउडको नक्कल गर्नालेपनी चल्न नसकेको बताईन्छ त्यसका अलवा नेपाली दर्शकहरुले पनि बिश्व सिनेमा हरुलाई नजिक बाट नियालेका छन जसले गर्दा दर्शकका रुचि अनुसार पनि चलचित्र निर्माण नहुनुले आज दर्शकहरु सिनेमा हल सम्म जान छोडेका छन् ।
हामिकहा भएका सिनेमा हल हरुको अबस्था दयनिय छ सिनेमा हल धुँवा उडाउने अखडा बनेको छ । सिनेमा हलमा शौचालय जानु भन्दा हल बाहिर निस्कनु पर्छ भन्ने खालका छन् ।
दर्शकहरु हलमा प्रबेश गरे पछि बस्ने सीटको अबस्था नाजुक छ जानिदो नजानिदो रुपमा हल भित्र महिलाहरु माथि यौन हिँसा हुने गुनासो बढेको छ याबत समस्या छन पछिल्नो समय दर्शकहरु सिनेमा हल सम्म नपुग्नुको कारन त्यो सँगै अहिले युवा लगाएत हरेक ब्यक्त्ती ईन्टरनेटहरुको पहुँचमा छ जो ईन्टरनेटमै रमाएको छ कतिपय सिनेमाहरुमा बढी अश्लिलता हुने गरेको भन्दै परीवार सँगै जाँदैन त्यो सँगै एउटै मितिमा धेरै चलचित्र रिलीज हुनु पनि समस्या रहेको छ ।
चलचित्र उद्योगमा राजनिती हावि हुनु पनि एउटा समस्या रहेको बताइन्छ । सँगै चलचित्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसक्नु पनि यो क्षेत्रको समस्या हरेको भन्ने गरिन्छ । तर राम्रो सिनेमाहरु हलमा प्रर्दशन भएभने नेपाली दर्शकहरुले अहिले पनि हल सम्म पुगेर साथ दिएका छन केहि त्यस्ता नेपाली सिनेमा बनेका छन जो हरेक नेपाली दर्शकले बलिउड सँग तुलना गर्न समेत भ्याएका छन भलै लगानी र प्रबिधी सँगै देश र माटो सुहाउदो सिनेमा बन्यो भने सिनेमा हलहरु अहिले पनि भरीभराउ हुने गर्छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४     12:07:55 PM  |