26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

नेपालगञ्जमा फोटो प्रदर्शनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४  

कोहलपुर, १४ बैशाख / नेपाली फोटोपत्रकारिता दिवसको अवसरमा ‘नेपाल फोटो प्रदर्शनी यात्रा’ नेपालगंज आइपुगेको छ । बैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारीता दिवस मनाउदै आएका छन् । यसै अवसरमा फोटो पत्रकार क्लब (पिजे क्लब) र अन्तराल मिडीयाको सहकार्यमा आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी नेपालगंजमा सुरु भएको हो । बुधबारबाट नेपालगंजस्थित भेरी प्रावधिक शिक्षालयको हलमा सुरु भएको प्रदर्शनी आज बिहीबारसम्म गरी दुई दिन चल्नेछ ।
फोटो प्रदर्शनीको उद्घाटन प्रमुख अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सर्वोत्कृष्ट फोटोको फोटो खिचेर गरेका थिए ।
फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट १११ फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका केन्द्रिय सदस्य दिपेश श्रेष्ठले
बताए । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफरवाट प्राप्त करिब ९ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट फोटोहरु हुन् । प्रदर्शनीको पहिलो दिन विद्यार्थी, अभिभावक, नागरिक समाजका अगुवा लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४     12:50:03 PM  |