कोहलपुर, १३ बैशाख / गएको चैत २४ गते कोहलपुर नेपालगन्ज सडक खण्डको हवल्दारपुरका जीपले मोटरसाईकलाई ठक्कर दिँदा सुर्खेतका युवा व्यवसायी तथा कलाकार चेतन पुरीको मृत्यु भयो । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको भें. ५ प ९२७६ नम्बरको मोटरसाईकललाई कोहलपुर नगरपालिकाको हवल्दापुरमा जीपले ठक्कर दिँदा घाईते पुरीको उपचारको क्रममा मृत्यु भयो । फागुन २३ गते कोहलपुर नेपालगन्ज चारलेन सडक खण्डको समशेरगन्ज ९ पार्वतीपुरमा कार दुर्घटना हुँदा चालकको मृत्यु भयो ।
कार चालक नेपालगन्ज १ का २८ बर्षीय महोमद सलिम खाँको मृत्यु भयो । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको बा १२ च २०७२ सुजिकी कार तीव्र गतिका कारण चारलेन सडकको डिभाईडरमा ठोकिएर विपरीत दिशामा गई ठोकिएको थियो । करिव ९० प्रतिकिलोको स्पीडमा रहेको कार अनियन्त्रित भई विपरीत दिशाको सडक नालामा खसेको थियो । सातअघि फागुन ३० गते नेपालगन्ज– खजुरा सडक खण्डमा दुई वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुई जनाको मृत्यु भयो । चौडा उक्त सडकमा तीव्र गतिमा रहेका मोटरसाईकल मोडमा ठोकिँदा उढरापुर ४ का सुरज रेग्मी र भारत बहराईच शिवका खादिन कबडियाको मृत्यु भयो ।
पुर्वपश्चिम राजमार्गको कोहलपुर मदनचोकमा मिनि ट्रकले किच्दा कार्तिक २ गते स्थानीय ५८ की सीतादेवी पोखरेल र दुई बर्षीय बालिका प्रशंसा पन्तको मृत्यु भयो । कोहलपुरबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ को मिटि टाटा ट्रकले पुर्वपश्चिम राजमार्गको कोहलपुर–३ मदनचोकमा किच्दा स्थानीय उनीहरुको मृत्यु भएको थियो । माघ ५ गते नेपालगन्ज बर्दिया सडकखण्डको उढरापुरमा ट्याक्टर पल्टदा एक महिलाको मृत्यु भयो । राती ८ बजे उढरापुर–३ स्थित सडक खण्डमा भे.१ त. ५६४८ नम्बरको ट्याक्टर पल्टदा उढरापुर–६ की ३५ बर्षीय हजारी धोवीको मृत्यु भएको थियो । फागुन १२ नेपालगन्ज–बर्दिया सडक खण्डको सोनपुर–९ सुन्दरीमा मोटरसाईकलको ठक्करबाट भारतीय बालिकाको मृत्यु भयो । बर्दियाबाट नेपालगन्ज आउँदै गरेको भे ४ प ६४७१ नम्बरको मोटरसाईकको ठक्करबाट ९ बर्षीय बालिका करिश्मा पासीको मुत्यु भएको थियो । यस्तै असोज २० गते पुर्वपश्चिम राजमार्गको कचनापुरमा यात्रु बस र मोटरसाईकल ठोकिँदा मोटरसाईकल चालक सल्यान काडाघारी–३ खिमबहादुर घर्तीको मृत्यु भयो । यीत केही उदाहराण मात्र हुन् जिल्ला चौडा र चारलेन सडकमा भएका सवारी दुर्घटना मृत्यु घटनाका कोहलपुर नेपालगन्ज चारलेनक सडक, पुर्वपश्चिम राजमार्ग र नेपालगन्ज गुलरीय सडक दुई लेन छन् । तर यीनै चौडा र फराकिला सडकमा दैनिक सवारी दुर्घटना भैईरहेका छन् । मासिक आधा दर्जन व्यक्तिको ज्यान गईरहेको छ । नेपालगन्ज बघौडा, वैजापुर, सीतापुर सडक साघुरा र एक लेन छन् तर सवारी दुर्घटना र मृत्युका घटना छैनन् । आखिर किन चौडा र फराकिला सडकमा दुर्घटना भैईरहेका छन् ।
प्रहरी र ट्राफिक प्रहरीको टाउँको दुखाईको विषय बनेको छ । बाँके जिल्लाका यीनै फराकिलो सडक दुर्घटनाको तंथ्याक हेर्ने हो भने चालू बर्षको साउनदेखि फागुनसम्मको ८ महिनामा ३१ जनाको मृत्यु भएको छ । यस्तै घाईते ४९ जना रहेका छन् । ५३ वटा सवारी दुर्घटना भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख एसपी कमलप्रसाद खरेलले साँघुरा र ग्रामिण सडकभन्दा शहरभित्रका मुख्य राजमार्गका फराकिला सडकमा अस्वभाविक दुर्घटना भैईरहेको बताए । रातमा भन्दा दिनमा यस्ता दुर्घटना भैईरहेको उनले भने ।
चालू बर्षको साउनदेखि फागुन महिनामा कोहलपुर क्षेत्रमा १९ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र १८ जना गम्भीर घाईते भएका छन् । यस्तै नेपालगन्ज क्षेत्रमा ८ महिनाको अवधिमा ३४ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । ३१ जना गम्भीर घाईते भएका छन् । ट्राफिक प्रहरीले कडाई र निगरानी बढाउँदा पनि समथर सडक खण्डमा दुर्घटना भैईरहेको क्षेत्रीय ट्राफिक प्रमुख खरेलले जानकारी दिए । ‘मोटरसाईकल , जीपकार र ट्याक्टर धेरै सडक दुर्घटनामा परेका छन्,’उनले भने,‘चौडा सडकमा दुर्घटनाको कारण तीव्र गति र क्रस बाटो हो ।’
चौडा सडकमा विभिन्न स्थानमा क्रसबाटो, विद्यालय, पशुचौपाय आवतजावतका कारण दुर्घटना भैईरहेको प्रहरीको भनाई छ ।
नेपाल राष्ट्रिय यातायात महासंघ भेरीअञ्चल संयोजक टंकप्रसाद बस्याल चौडा र फराकिलो सडकमा दुर्घटनाको कारण चालक, पैदलयात्रीको लापरवाही र ट्राफिक संकेतको कमी बताउँछन् । ‘कच्ची र ग्रामिण सडकमा दुर्घटना हुदैन्,’ उनले भने,‘ पक्की फराकिलो सडकमा दुर्घटना धेरै भए ।’ ट्राफिक संकेत भरपर्दो र पैललयात्रीलाई ट्राफिक संकेतका बारेमा जानकारी दिन जरुरी रहेको उनले भने । बाँकेमात्र होईन मध्यपश्चिमका फराकिला र पक्की सडकमा दुर्घटना अत्याधिक हुने गर्छ ।
चालू आर्थिक बर्षको साउनदेखि फागुन मसान्तसम्म मध्यपश्चिमका १३ जिल्लामा २१४ सडक दुर्घटनामा १७८ जनाको मृत्यु भएको छ । यस्तै २०६ जना गम्भीर घाईते भएका छन् । यहाँका सडकमा संचालन हुने सवारी साधनका गाडीमा हेड, साईड र ब्याक
लाईट सही अवस्थामा नहुनु, चालक ढोकामा ऐना नहुनु, जहाथाभावी यात्रु झार्ने, चढाउने कारण दुर्घटना बढेका छन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १३, २०७४