बाँसगढी, १२ बैशाख / बर्दियामा रहेका बालश्रमिकहरुलाई तत्काल उद्धार गर्नु पर्ने सहभागीहरुले जोड दिएका छन । बर्दियाको गुलरियमा सोमबार प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्धारा बाल श्रम उन्मुलनमा हाम्रो दायित्व भुमिका र गरिएका अभ्यास बिषयक अन्तक्रिर्या कार्यक्रमका सहभागीहरुले यस्तो जोड दिएका हुन ।
उनीहरुले बर्दिया जिल्लामा बालश्रमिकहरुलाई उद्धार गर्दै बाल श्रमिकका अभिभावकहरुलाई सरकारी तथा गैर सरकारी संस्थाहरुले जिबिकोपार्जन कार्यक्रमहरुले समेटनु पर्ने जनाए । उद्धार गरिएका श्रमिक बालबालिकाहरुलाई शिक्षा आर्जनमा लगाउनु पर्ने कुरामा समेत जोड दिईएको थियो ।
बर्दिया जिल्लामा हाल जम्मा १ सय ७८ जना बालबालिकाहरु बाल श्रमिकको रुपमा रहेका छन् । कार्यक्रममा बाल श्रम उन्मुलक गर्नुको महत्व र आबश्यकता बिषयमा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा २०७१ चैत्र देखि सञ्चालन गरिएको बालश्रम बिरुद्ध बाल संरक्षण परियोजना सञ्चालन हुदा संस्थाका गणकहरुले सर्बेक्षण गर्दा जम्मा ९ सय ३२ जना बालबालिका श्रमिक रुपमा रहेकोमा उक्त परियोजनाको बिभिन्न कार्यक्रमहरुद्धारा प्राभाबित भई ५ सय ८४ जना बाल श्रमिक एकिंग भएकोमा ४ सय ६ जनालाई परियोजनाको क्रिर्याकलापहरुको प्रभावबाट घर फर्काईसकिएको र अब जम्मा १ सय ७८ जना बालबालिका बाल श्रमबाट फिर्ता गराई उद्धार गरेर पुनस्थापना गर्ने चुनौतीको रुपमा रहेको कुरा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा बाल कल्यान समितिका संयोजक बिष्णुबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उदेश्य माथि प्रकाश तथा स्वागत प्लान ईन्टरनेशनल नेपालका फिल्ड अफ्सि नेपालगञ्जका कार्यक्रम प्रबन्धक प्रेमराज पन्तले गरेका थिए । कार्यक्रममा स्थानिय बिकास अधिकारी तेजराज शर्मा, महिला बिकास अधिकृत गिरा बस्नेत लगायतले पनि आफनो धारणा राखेका थिए । कार्यक्रममा बर्दिया जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु, उद्धार गरिएका बालश्रमिक र अभिभावकहरु, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४