19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विप्लवका केन्द्रीय नेतासहित ३० जना कार्यकर्ता सुर्खेतमा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४  

बैशाख ११  सुर्खेत / स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्यूनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य हिमाल, बिक, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, विद्यार्थी संगठनका सुर्खेत जिल्ला संयोजक कमलसिं बुढा लगायत ३० जना कार्यकर्ताहरु रहेका छन् ।निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै यहाँको मंगलगढी चोकबाट र्‍याली निकाल्ने क्रममा नै प्रहरीले विप्लवका दर्जनौ कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित भएकाे छ । मंगलगढी चौकबाट र्‍याली निकाल्ने क्रममै एक सय झण्डा र ब्यानरसहित कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले जानकारी दिए । निर्वाचन विरोधी कार्यक्रम गर्न लागेकोले उनीहरुलाई पक्राउ गरिएको एसपी अाचार्यले बताए ।

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     2:37:36 PM  |