19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

संयुक्त निवेदन पछि निःशुल्क भर्ना गर्ने सहमति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४  

कोहलपुर, ८ बैशाख  / बर्दिया बाँसगढीस्थित जनता मावि बेलवामा विद्यार्थीहरुको निःशुल्क भर्ना गर्ने सहमति भएको छ । बिहिबार बसेको विद्यालय व्यवस्थापन समिति, अभिभावक सहितको भेलाले निःशुल्क भर्ना गर्ने र अहिले सम्म भर्ना गर्दा बुझाइएको शुल्क पनि फिर्ता गर्ने सहमति भएको हो ।
बुधबार अभिभावकहरुले विद्यालय विकास विकास सहयोग शीर्षकमा महंगो भर्ना शुल्क लिइरहेकाले आफ्ना बालबालिकाहरुलाई निःशुल्क भर्ना गरिनु पर्ने भन्दै संयुक्त निवेदन गर्दा गराएका थिए ।
यस विषयमा मिसन टुडे दैनिकमा समाचार समेत संप्रेषण गरिएको थियो ।
बिद्यालयमा चार कोठे भवन निर्माण गर्दा ५ लाख बढी विद्यालय ऋणमा रहेको भन्दै विद्यार्थी भर्ना हुँदा विद्यालय विकास सहयोग शिर्षकमा
१ देखि कक्षा ३ सम्म ३ सय, ४ देखि ५ कक्षासम्म ५ सय, कक्षा ६ को ९ सय, कक्षा ७ को  १ हजार, कक्षा ८ को १ हजार १ सय, कक्षा ९ को १ हजार ३ सय र कक्षा १० मा भर्ना हँुदा १ हजार ४ सय शुल्क लिइदै आइएको                                                                                                                                                                                                                                  थियो ।
भेलाले ४ कोठे ‘बिग बिल्डीङ्’ भवन निर्माणमा अनियमितता भए÷नभएको बारेमा छानबिन गर्न र प्रतिवेदन पेश गर्न ज्ञानबहादुर केसीको संयोजकत्वमा ५ सदसिय कार्यदल गठन गरिएको छ । जसमा गंगाराम बिसी, ठेरी प्रसाद बिक, सिता क्षेत्री र हेमराज शाही रहेका छन् ।
कार्यदलले भवन निर्माणमा आर्थिक हिसाव पारदर्शी छ÷छैन त्यसमा छानबिन गरी प्रतिवेदन पेश गर्ने छ । भवन निर्माण गर्दा अनिमियतता नभएको देखिएमा फेरि अभिभावकहरुको भेलाबाट त्यसको सावधान कसरी गर्ने भन्ने टुंगो लगाउने निर्णय पनि भएको छ । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल थारु, विद्यालयका प्रअ राजेन्द्र प्रसाद थारु, विद्यालय व्यवस्थापन समिति सदस्य दिपकराज शर्मा, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४     1:50:09 PM  |