24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

मध्यपश्चिम क्लब सेमिफाइनलमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४  

कोहलपुर, ७ बैशाख / काठमाडौंमा जारी नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत क्वाटरफाईनलको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले बिजय हासिल गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा चितवन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै मध्यपश्चिम सेमिफाईनल चरणमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङको लागि मैदानमा उत्रिएको चितवन क्रिकेट क्लबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । निकै दवावमा रहेका चितवनका खेलाडीहरुलाई सस्टैमा समेट्ने क्रममा मध्यपश्चिमका दिपेन्द्र रावत र भरत वलीले ह्याट्रिक गरेका थिए । झिनो लक्ष्य पाएको मध्यपश्चिमले २ विकेटको क्षतीमा सहजै लक्ष्य भेट्टाएको थियो ।
६ दशमलब १ ओभरमा लक्ष्य भेटाउने क्रममा विशाल के.सी. ले २३ र सद्धाव अन्सारीले अबिजित ३८ रन प्रहार गरेका थिए । मंगलबार सम्पन्न खेलको म्यान अफ द म्याच मध्यपश्चिमका भरत वली घोषित भए । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उप बिजेतालाई १ लाख नगर पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     1:27:11 PM  |