20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सप्तरीमा आगलागी,  १५ लाख बराबरको धनमाल जलेर नष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

सप्तरी, २ वैशाख, /जिल्लाको पोर्ता गाविस–६ मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ ।

स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले निजको चार कोठे पक्की घरसहित अन्य चार घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थिए ।   रासस

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     3:00:03 PM  |