20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

बाँके राष्ट्रिय निकुञ्जमा डढेलो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३  

कोहलपुर, २७ चैत्र  / एक सातादेखि बाँके राष्ट्रिय निकुञ्जमा ढडेलो देखिएको छ । चैत २० गतेदेखि चुरे अन्तर्गत पर्ने कुसुम क्षेत्रमा भीषण  डढेलो देखिएको
हो ।
निकुञ्जको दाङ् जिल्लासंग सिमा जोडिएको कुसुम क्षेत्रमा भिषण डढेलो लागेपनि नियन्त्रणमा आउन सकेको छैन् । चूरेको पहाडी डाँडाबाट सूरु भएको आगलागी अहिले कुसुम क्षेत्रको पुर्वपश्चिम राजमार्गको उत्तरतर्फ फैलिरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । निकुञ्जभित्र जाने सवारी सडक नहुनु, पानीको असुविधा र घना जंगलका कारण आगो नियन्त्रणमा लिन नसिकएको उनले बताए ।
डढेलो पुर्वपश्चिम राजमार्गको उत्तरतर्फबाट पश्चिम, दक्षिण बढिरहेको छ । एकसातादेखि डढेलो पूर्ण नियन्त्रण बाहिर छ निकुञ्जको डढेलो नियन्त्रणका लागि मध्यवर्ती उपभोक्ता, व्यवस्थापन समिति, सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्न पनि सकेको छैन् । कर्मचारी र श्रोत साधन अभावमा आगो नियन्त्रणमा लिन नसकेको सहायक वार्डेन भण्डारीले बताए । निकुञ्जको बाँके, दाङ् र सल्यान सीमा क्षेत्रमा आगलागीले बर्षनी नोक्सानी पुर्याउँदै आएको छ । चूरे क्षेत्रमा भिरालो, उकालो जमिन, खोल्साखोच, हाँवा लाग्ने क्षेत्र रहेकोले नियन्त्रणमा लिन असम्भव जस्तै छ । निकुञ्जमा डढेलो नियन्त्रणका लागि निकुञ्जसंग सामान्य लाईफ ज्याकेट, सार्वेल, पानी बोक्ने साधन, आगो निभाउने साधन अभाव छ ।
यता जिल्ला वन कार्यालय मातहत रहेको सामुदायिक वन र राष्ट्रिय वनभित्रको डढेलो लागेको छ । नियन्त्रणका लागि काम भएपनि नियन्त्रणमा आउन सकेको छैन् । सातादेखिको चुरे क्षेत्रमा सवारी साधन जाने सडकबाटो नहुँदा आगो नियन्त्रण बाहिर रहेको छ । भीषण आगलागीले चूरेका वनस्पति, जडिबुटी देखि वन्यजन्तुलाई नोक्सानी पु¥याउनका साथ नष्ट गरेको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३     1:58:40 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *