सफलतासँगै कपिलको टीमले सोनी च्यानललाई मोटो रकम दिन तयार भएको थियो । तर भारतीय सञ्चारमाध्यमहरु अनुसार एक सय ६ करोडको डील मा अब नवीकरण हुने छैन । खबरका अनुसार कपिललाई उक्त शो सञ्चालन गर्नका लागि सोनीले एक महिनाको अल्टिमेटम दिएको छ ।
स्रोतले एक अंग्रेजी वेबसाइट बताएअनुसार कपिलले शो बाट हटाएका सदस्यहरु फिर्ता बोलाएमा र च्यानलको टीआरपीको पुरानै अवस्थामा ल्याउन सकेमा च्यानलले सम्झौता नवीकरणका लागि सोच्न सक्नेछ ।
कपिलको कमेडि शो को लोकप्रियतामा लगातार कम भइरहेको छ र यस समय उक्त शो शीर्ष दशबाट बाहिरिसकेको छ । कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडाले शोलाई नराम्रोसँग असर पारेको छ । जसले शो लाई लिएर नकारात्मक प्रतिक्रियाहरु दिनेको संख्यामा भारी वृद्धि भएको छ । स्रोतका अनुसार सुनिल ग्रोवर र उनका साथीहरु चंदन प्रभाकर, सुगन्धा मिश्रा र अली असगर शो मा फर्किने सम्भावना निकै न्यून रहेको बताएको छ ।
उता वरिष्ठ कमेडियन राजु श्रीवास्तवलाई सुनिल ग्रोवरको स्थानमा ल्याइएको छ तर डाक्टर गुलाटीको जति उनीमा लोकप्रियता भने पक्कै छैन ।