20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाख्रापालनको अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

कोहलपुर, २१ चैत्र / ढकेरी बाख्रापालनका लागि नमुना गाउँ भएको अनुगनमना आएको टोलीले बताएको छ । नेपाल सरकारको पशुपंक्ष विकास मन्त्रालयको अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका ८ स्थित ढकेरी बाख्रापालनका लागि नमुना भएको भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपाल सरकारका पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले सगरमाथा समूहले बाख्रापालनका लागि नमूना कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । हेफर इन्टरनेशनल नेपाल र महिला उपकार मञ्चको साझेदारीमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजनाको मन्त्रालयको टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले ढकेरीमा रहेको महिलाहरुको सामाजिक उद्यामी जिल्ला सहकारी संघसँग पनि छलफल र अन्तरक्रिया गरेको थियो । अनुगमन टोलीले खसीको बजारीकरणमा पनि आवश्यक सहयोग गर्ने बताएको संघकी अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले बताइन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:04:21 PM  |