17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

दिपायलमा पेट्रोल पम्पबाट बजारमा सल्किएको आगो नियन्त्रण बाहिर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३  

२० चैत, दिपायल । दिपायलको पिपल्ला बजारमा भीषण आगलागी भएको छ । ब्यस्त पिपल्ला बजारको बीच भागमै रहेको जीबी आयल स्टोरमा आगलागी सुरू भएको हो । आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पनि जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा अएको छैन ।
दिपायल नगरपालिकाको दमकल बिग्रिएका कारण डँडेलधुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ । तर, आइपुग्न अझै २ घण्टा लाग्ने भएकाले आगो थप फैलिने अनुमान गरिएको छ ।आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन ।सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्केको छ । आगोलागी नियन्त्रणमा लागि प्रयास भइरहेपनि आगो फैँलदो रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     2:44:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *