20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

संविधान संशोधन पारित हुन दिन्नौं ः पोख्रेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३  

कोहलपुर, ६ चैत्र / नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संविधान संशोधन कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् । शनिबार नेपालगञ्जमा पत्रकारसँगको भेटघाटमा महासचिव पोख्रेलले संविधान संशोधन राष्ट्रघाती भएकाले संशोधन विधेयक पारित हुन नदिने ठोकुवा गरेका हुन् ।
संविधान संशोधन भए त्यसले राष्ट्रलाई दिर्घकालिन रुपमा बिदेशीको पन्जामा पार्ने निश्चित भएको उनले बताए । संविधान संशोधन राष्ट्रघाती भएको जनताले पनि बुझ्दै गएको उनको भनाई छ ।
महासचिव पोख्रेलले सरकार बिदेशीको इसारामा चलिरहेको बताउँदै यसले निर्वाचन हुनेमा आशंका पनि व्यक्त गरे । सरकारलाई निर्वाचनका लागि दवाव दिन सबै लाग्नुपर्ने उनको तर्क छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३     1:31:19 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *