मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३
कोहलपुर, ६ चैत्र / नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिँडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाइते भएका एकजनाको मृत्यु भएको
छ । नेपालगन्ज गुलरीया सडक खण्डको सोनपुरमा प्रहरीसंगको झडपमा घाइते भएका सोनपुर ८ का ७४ बर्षीय जमील भाटको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
उनको आइसीयु उपचार भैरहेको थियो । चैत्र १ गते एमाले मेची महाकाली अभियानका बेला प्रहरीसँग भएको झडपमा परि उनी गम्भीर घाइेते भएका थिए ।