2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

फोरम लोकतान्त्रिक कोहलपुर नगरकमिटी गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३  

कोहलपुर, ६ चैत्र /  मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको कोहलपुर नगरकमिटी गठन गरिएको छ । शनिबार कोहलपुरमा भएको एक भेलाले बिनोद कुमार चौधरीको अध्यक्षतामा नगरकमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा नेत्रलाल यादव, सचिव चन्द्रप्रकाश चौधरी, सहसचिवमा नरेश चौधरी, कोषाध्यक्षमा हरिराम तमोली, सदस्यमा रामलाल यादव, पवन कुमार खटिक, किसकुमार थारु, ठग्गा थारु, कालिप्रसाद थारु, हरिशरण केसी, महिला सदस्यमा सरिता चौधरी लगायत छन् ।
यस्तै सल्लाहकारमा हरिराम थारु, जगदिश यादव, तुलसीराम थारु रहेका छन् । नगरकमिटी फोरम लोकतान्त्रिक बाँके अध्यक्ष फुलाराम थारुको सभापतित्वमा गठन भएको हो ।

प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३     1:02:15 PM  |