मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३
कोहलपुर, ३ चैत्र / बाँके राधापुर ६ स्थित रामपुरे डाँडाबाट बाँके प्रहरीले एक व्यक्तिलाई हतियार सहित पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे भरुवा बन्दुक बोकिरहेको अवस्थामा प्रहरीले राधापुर ६ का हेमबहादुर पुनलाई पक्राउ गरेको हो ।
उनको साथबाट भरुवा बन्दुक नाल १, गोलीको रुपमा प्रयोग हुने फलामको टुक्रा थान ४९ , बारुद १ डिब्बा, चक्कु १ थान र केप ८ थान बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।