2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

स्थानीय तह कार्यान्वयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३  

कोहलपुर, २ चैत्र / कोहलपुर नगरपालिका लगायत देशभरीका स्थानीय तह औपचारिक कार्यान्वयनमा आएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पानसमा बत्ति बालेर ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देश भरीका स्थानीय तह औपचारिक कार्यान्वयनमा आएका हुन् ।
देशभर चार महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कार्यान्वयनमा आएका छन् ।
सम्शेरगञ्ज गाविस गाभिएर नयाँ संरचना सहित बनेको कोहलपुर नगरपालिकाको पनि मंगलबार कार्य प्रारम्भ गरिएको छ । १३ वटा वडा भएको कोहलपुर नगरपालिकामा अब १५ वटा वडा भएका छन् ।
साविकको १३ वटा वडालाई कायम राख्दै साविकको सम्शेरगञ्ज वडा नं. ७, ८ र ९ लाई वडा नं. १४ बनाइएको छ भने १ देखि ६ वडालाई वडा नं. १५ बनाइएको कोहलपुर  गरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । नगरपालिकाको क्षेत्रफल १८४.२६ वर्ग किमी रहेको छ । बाँकेमा १ उपमहानगरपालिका, १ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३     12:26:51 PM  |