23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

अखिल क्रान्तिकारीले ग¥यो सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७३  

कोहलपुर ,३० फागुन/ अखिल (क्रान्तिकारी) ले नेकपा (माओवादी केन्द्र) कोहलपुरका निर्वाचित नगर समितिलाई सम्मान गरेको छ । होलीको अवसर पारी आइतबार अखिल (क्रान्तिकारी) बाँके क्षेत्र नं. १ ले नगर समिति अध्यक्ष तेजप्रसाद चापागाई लगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई सम्मान गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा सहभागीले स्थानीय तहको निर्वाचनमा होमिन आग्रह गरेका थिए । विभिन्न तह र तप्काबाट पार्टीलाई जिताउन अभियान संचालन गर्नुपर्ने बताएका थिए ।
यसैबीच सोही अवसरमा होलीमिलन कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७३     7:39:29 AM  |