23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

बन्यो सूचना अधिकार समुह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

कोहलपुर, २७ फागुन / सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २३ इन्द्रपुरमा बिहीबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा वडास्तरीय वडा नागरिक मञ्चका सदस्य, वडा कार्यालयका कर्मचारी, युवा, बालबालिका, संघसंस्थाका प्रतिनिधी लगायत गरि ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता उदयराज बर्मा र राकेश कुमार मिश्रले सूचनाको हकका विभिन्न विषयमा सहजीकरण गरेका थिए । वडा नागरिक मंचका संयोजक रामदयाल बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव लालबहादुर रानाले स्थानीय निकायबाट प्रदान गर्ने सेवा सुविधा सरल र सहज रुपमा प्रवाह भइरहेको बताउँदै विकास निर्माणका विषयमा मागेका सूचना तत्काल दिने प्रतिवद्धता गरे ।
कार्यक्रममा सहभागीहरुले स्थानीय समुदायको विकास तथा जवाफदेही र पारदर्शिताका लागि सूचनाको हक मुख्य साधन भएको प्रतिक्रिया दिएका थिए ।
सो अवसरमा स्थानीय युवा रामाननद तमोलीको संयोजकत्वमा १३ सदस्यीय सूचना अधिकार समूह गठन गरिएको छ । समूहको सदस्यहरुमा रामफेर मौर्य, आमना वागवान, जेसरा विक, निलम सिंह, तुलसीराम गुप्ता, रामअचल धोबी, गिता महत, सुषमा शेष, रामदयाल बर्मा, शेर अली बागवान, हुसेनी यादव, प्रताप सिंह अब्दुल र रसिद वागवान रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     1:33:16 PM  |