4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

सुर्या लाइफद्वारा विमा रकम वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

कोहलपुर, २७ फागुन / सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विमा रकम वितरण गरेको छ । कोहलपुर १३ का स्व. भीमबहादुर पुनका छोरा बिजय पुनमगरलाई बिहीबार ५ लाख २१ हजार ५ सय को चेक हस्तान्तरण गरिएको हो ।
सूर्या लाइफका नेपालगञ्ज एरिया शाखा प्रमुख प्रेम तिमिल्सेनाले बिजयलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. भीमबहादुरले जीवन विमा गरेको १५ दिनमा नै
उनको अचानक मृत्यु भएको थियो ।
नेपालगञ्ज एरिया शाखा प्रमुख तिमिल्सेनाले मानव जीवनमा आइपर्ने आर्थिक संकटलाई कम गर्नका लागि जीवन बिमा जरुरी रहेको बताए । आफूहरुले छिटो, छरितो र सहज प्रक्रियाबाट सेवा सुविधा प्रदान गरिरहेको उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     1:06:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *