23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

दुर्घटनामा २४ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

 

अफडेट

कोहलपुर, २७ फागुन / जिल्ला सदरमुकाम खलंगा देखि ३ किलोमिटरको दुरीमा रहेको बोहरा मोडमा गाडी पल्टिएर २४ जना सवारको मृत्यु भएको छ भने, १६ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम खलंगा देखि पश्चिम खाराका लागि ४ बजे छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुवाहक बस भेरीमालिका नगरपालीका–४ बोहराको मोडबाट पल्टिएर गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ४३ जना यात्रुहरु लिएर जिल्ला सदरमुकाम खलंगावाट छुटेको बस के कति कारणले पल्टिएको भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घाइते तथा मृतकहरुलाई जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । ४३ जना यात्रुहरुमा २४ जनाको मृत्यु, १६ घाईते भएका छन् भने, ३ जना बेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म घाइते सबैको उपचार जिल्ला अस्पताल खलंगामा भइरहेको छ । अस्पतालमा बेड अपुग हुँदा केही बिरामीलाई अस्पताल परिसरमा राखेर उपचार गरिँदै छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी हुँदै छ ।
क्षमताभन्दा बढी यात्रु र घुम्ती तथा ओरालो बाटोमा तीव्र गतीका कारण बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बस २३ जना यात्रुको चलानी लिएर हिँडेको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     12:58:14 PM  |