25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

ब्रिजले मनायो वार्षिकोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३  

कोहलपुर, २१ फागुन  /  ब्रिज इन्टरनेशनल स्कुलले बुधबार छैठौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै भावी योजनाबारे जानकारी गराएको छ । वार्षिकोत्सवमा पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुती, अभिभावकबीच कुर्सी दौड प्रतियोगीता लगायतका कार्यक्रम गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड कार्यालय प्रमुख गिरमान थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्रिसा सचिव शिव डाँगी, ब्रिज स्कुलका प्रबन्ध निर्देशक नविन खड्का, प्रिन्सिपल जंग गी लगायतको उपस्थिति थियो ।
विद्यालयका अध्यक्ष यमबहादुर गैरेको सभापतित्वमा भएको कार्यक्रमको संचालन सृजना डाँगी, प्रेम बिसि, रक्षा पौडेल, नविन हमाल र भिमा खत्रीले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३     1:32:58 PM  |