17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

क्रिकेटमा रोयल बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३  

कोहलपुर, २४  फागुन  / स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा रोयल स्पोर्टस् बिजयी भएको छ । नेपालगञ्जस्थित मंगल प्रसाद उच्च मा.वि.को खेल मैदानमा जारी प्रतियोगीतामा टस जितेर पहिले ब्याटिङ रोजेको मंगोलियन क्रिकेट क्लबले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ११७ रन बनाएको थियो । जसमा रविन्द्रजंग शाहले २३ रन र ओपनर सुशान्त थापाले २० रनको योगदान गरे ।
रोयलका कृष्ण कार्की र भिम धमालाले ३ ,३ विकेट लिन सफल रहे भने रिजवान अन्सारीको नाममा २ विकेट रह्यो ।
११८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको रोयल स्पोर्टस क्लबले १५.५ ओभरमा ५ विकेट गुमाउँदै ११८ रन बनाएपछि ५ विकेटले जित निकाल्यो । जसका लागि रोयलका कप्तान सुवेन्दु पाण्डेले ३५ रन, प्रनीत थापाले ३४ र प्रेम तामाङ्गले २७ रन  बनाए । राष्ट्रिय खेलाडी समेत रहेका रोयलका कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए । सांसद मैकुलाल बाल्मिकीको संसदीय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिए । आज (मंगलबार) नेपाल टाइगर क्लब र टीकापुर क्रिकेट क्लबबीच प्रतिस्पर्धा
हुने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     1:19:55 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *