15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

सप्तरीको रुपनगरमा एमालेको आकस्मिक बैठक, कञ्चनपुरको कार्यक्रम रद्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

एमाले नेताहरुको सेल्टर कञ्चनपुरबाट रुपनगर सारियो
२३ फागुन, सप्तरी / राजविराजमा गोलीकाण्ड भएपछि एमाले स्थायी कमिटीका नेताहरु सोमबार साँझ सप्तरीको रुपनगरमा आकस्मिक बैठकमा जुटेका छन् ।

सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा एमालेको आकस्मिक बैठक बसेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरुको टीम सहभागी छ । बैठकले आजको घटनाको समीक्षा गर्नुका साथै भोलिदेखि हुने मेची महाकाली राष्ट्रिय अभियानबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

एमालेले फागुन २१ बाट झापादेखि सुरु गरेको मेची महाकाली अभियानको आज तेस्रो दिन हो । मंगलबार सिरहा र जनकपुरमा सभा गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । तर, सोमबार राजविराजमा भएको गोलीकाण्डको घटनाले एमालेको भावी कार्यक्रम थप जोखिमपूर्ण हुने अवस्थामा पुगेको छ । यो स्थितिमा अब कसरी अगाडि बढ्ने भनेर नेताहरु छलफलमा जुटेको एक नेताले अनलाइनखबरलाई बताए ।

कञ्चनपुरको कार्यक्रम स्थगित यसैवीच एमालेले सप्तरीको कञ्चनपुरमा सोमबार बेलुका गर्ने भनेको जनसभा र सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । राजविराजको परिस्थितिलाई मध्यनजर गर्दै साँझ परिसकेको अवस्थामा कार्यक्रम गर्नु उपयुक्त नहुने भएकाले कञ्चनपुरको कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     7:51:20 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *