कोहलपुर, २३ फागुन / होली मेला महिला उद्यमीहरुको व्यापार व्यवसाय तथा उद्योगहरुको प्रबद्र्वन गर्ने उद्वेश्यका साथ नेपालगन्जमा होलि महोत्सव व्यापार मेला हुने भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजनामा यही फागुन २४ गतेदेखि २८ गतेसम्म होली महोत्सव नेपालगन्जमा हुने भएको हो ।
होलीको माध्यमबाट सामाजिक सद्भावको सन्देश फैलाउनुका साथै गाउँ तथा नगरमा छरिएर रहेका महिला उद्यमीहरुलाई संगठित गर्दै उनीहरुलाई राष्टिूय अन्तरर्राष्ट्रिय बजारमा निर्यातमुखी बनाउन पहल गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा ३० देखि ३५ वटासम्म स्टलहरु राखिने आयोजकले जनाएको छ । स्टलहरुमा महिलाहरुले आफै उत्पादन गरेका विभिन्न बस्तुहरु राखिने छ । मेलामा बाँके, बर्दिया, सुर्खेतका महिला उद्यमीहरुले समेत सहभागिता जनाउने महिला उद्यमी संघ बाँकेकी अध्यक्ष अञ्जु गुरुङले जानकारी दिए ।
व्यवसायीक रुपमा कृषिमा लागेका महिलाहरुले उत्पादन गरेका कृषिजन्य साम्रगी, अचार, मिठाई, लगायतका साम्रगीहरु स्टलमा राखिने छ । महोसत्वमा १० लाखको कारोबार हुने र १५ सय जनाले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।









प्रतिक्रिया दिनुहोस्