27 September 2021  |   सोमवार, अशोज ११, २०७८

दलित संघमा बादी र बैगार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

कोहलपुर, २३ फागुन / नेपाली कांग्रेस निकट नेपाल दलित संघ क्षेत्र नं. ३ को सभापतिमा प्रकाश बादी चयन भएका छन् । आइतबार भएको क्षेत्रिय अधिवेशनले बादी सभापतिमा ११ सदस्य कार्यसमिति गठन गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा साम्सद मैकुलाल बाल्मिकी, नेपाल दलित संघ बाँके सभापति कृष्णबहादुर बिक लगायतको उपस्थिति थियो । त्यस्तै नेपाली कांग्रेस निकट नेपाल दलित संघ क्षेत्र नं. ४ को सभापतिमा निखिल बैगार चयन भएका छन् । आइतबार भएको क्षेत्रिय अधिवेशनले बैगार सभापतिमा १९ सदस्य कार्यसमिति गठन गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बाँके पर्टि सभापति किरण कोइराला, नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण विक रसाइली लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     12:37:05 PM  |